Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बालेनलाई प्रधानमन्त्रीमा प्रस्ताव हालसम्म नगरेको रवि लामिछानेको दावी

काठमाडौं ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयासमा पार्टी लागिरहेको बताएका छन्। उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग भएको भेटलाई यही प्रयासको एक कडीका रूपमा व्याख्या गरे।

आज आफ्नो मुद्दाको तारेखका लागि चितवन जिल्ला अदालत पुगेका लामिछानेले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने विषयमा कुनै सहमति भइनसकेको स्पष्ट पारे। पत्रकारको प्रश्नमा उनले भने, “हामी त्यो चरणमा प्रवेश गरेका छैनौँ। पहिले कुराकानी हुनुपर्छ, एक–अर्काको अवस्था र सोच बुझ्नुपर्छ। अहिले त्यही चरणमा छौँ, हतार गर्नु हुँदैन।”

लामिछानेले आफू र बालेनबीच भएको भेटवार्तामा के–कस्तो कुराकानी भयो भन्ने विषयलाई अनुमान र आफ्नो स्वादअनुसार नलेख्न सञ्चारकर्मीलाई आग्रह गरे।

उनले रास्वपाले अन्य वैकल्पिक शक्तिहरूसँग पनि संवाद अघि बढाइरहेको जानकारी दिँदै भने, “सुधन गुरुङजीसँग कुराकानी भएको छ। कुलमानजीसँग पनि कुरा हुन्छ। रास्वपा यो प्रक्रियामा सक्रिय छ।”
सु्न्नुहोस् रविले के भने 

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार