Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रचण्डले मतदान गरे

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् ।  क्षेत्र नम्बर ३ को भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । रुकुम पुर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रचण्डले आफैंलाई भने मत दिन पाएनन् ।

मतदापछि सञ्चारमाध्यममा संक्षिप्त कुरा गर्दै प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको बताएका छन् ।  उनले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनु पर्नेमा जोड दिए । ‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन’, संयोजक प्रचण्डले भने, ‘नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्‍यो ।’

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार