NL न्यूज
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान गरेका छन्।
उनले आज बिहान ७ बजे काठमाडौँ–३ अन्तर्गत बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मत खसालेका हुन्।
घिसिङ काठमाडौँ–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन्। उनी जेनजी आन्दोलनपछि बनेको सरकारमा मन्त्री थिए । पछि राजीनामा दिएर राजनीतिमा होमिएका थिए । घिसिङको पार्टी र रास्वपाबीच एकता गर्ने सहमति भएपनि केही दिनमै सहमति भंग हुँदा उज्यालो नेपाल पार्टीले समानुपातिक बन्दसूचीमा नाम समावेश गर्न पाएन ।
प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
०७:२७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्