NL न्यूज
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचनलाई “सबैभन्दा ठूलो अनुष्ठान” का रूपमा व्याख्या गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का सन्दर्भमा जारी अपिलमा उनले हरेक मतदाताले खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप, शासन प्रणाली, सरकार, नीति र नेतृत्व निर्धारण गर्ने भएकाले निर्वाचनको भूमिका निर्णायक हुने उल्लेख गरेका छन्।
भदौ २३ र २४ गतेको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा हुन लागेको यो आकस्मिक निर्वाचनले संविधान र सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास उनले व्यक्त गरेका छन्। निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको पनि उनले जानकारी दिएका छन्।
उनका अनुसार निर्वाचनमा मतदाता नै केन्द्रबिन्दु हुन्। निश्चित उमेर पूरा गरेका नागरिकले संविधान र कानुनबमोजिम मतदान गर्ने अधिकार पाउने र सबै मत बराबर मूल्यवान हुने भएकाले मतदान मतदाताको नैसर्गिक अधिकार हो। यस अधिकारको प्रयोगमार्फत नागरिकले आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न वैधता प्रदान गर्छन्।
निर्वाचनमा सहभागिता राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्च अभिव्यक्ति भएको उल्लेख गर्दै उनले मतदाता दर्ता र सुसूचित मतदानमार्फत शासनप्रतिको अपनत्व बलियो बन्ने धारणा राखेका छन्। निर्वाचन आयोग कुनै पनि अवाञ्छित गतिविधिबाट निर्वाचन प्रभावित हुन नदिने दृढताका साथ काम गरिरहेको उल्लेख गर्दै उनले राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र सञ्चार क्षेत्रसँग निरन्तर सहयोगको अपेक्षा गरेका छन्।
बिहीबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्क रूपमा मतदान गर्न उनले सम्पूर्ण मतदातालाई हार्दिक आग्रह गरेका छन्।

प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
०७:२०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्