NL न्यूज
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मुलुकभर मतदान हुँदैछ। यस क्रममा राज्यका उच्च पदाधिकारीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्म आ–आफ्नो मतदाता नामावली कायम रहेको केन्द्रमा पुगेर मतदान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने उनका प्रेस सल्लाहकारले जानकारी दिएका छन्। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल ले चितवनको भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर केन्द्रमा मतदान गर्नेछन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँको मैतीदेवीस्थित मयुर कुण्ड केन्द्रमा मतदान गर्ने कार्यक्रम छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड महाँकाल केन्द्रमा मत हाल्नेछन्। सोही दलका वरिष्ठ नेता बालेन्द्र शाह तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रमा मतदान गर्नेछन्।
पूर्वराष्ट्रपति रामवरण यादव धनुषाको लक्ष्मीनियाँ–४ सपहीस्थित विपी कोइराला मावि केन्द्रमा मतदान गर्नेछन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बूढानीलकण्ठ–२ भंगालस्थित साविक गाविस भवन केन्द्रमा मतदान गर्ने कार्यक्रम छ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको मतदान केन्द्र डडेल्धुराको गन्यापधुरा–१ असिग्राम मावि रुवाखोला भए पनि उनी हाल विदेशमा रहेकाले मतदानमा सहभागी हुने छैनन्।
एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको सूर्यविनायक–२ बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा मतदान गर्नेछन्। नेकपाका संयोजक पुष्पकमल दाहाल चितवनको भरतपुर–१४ शान्तिपुर केन्द्रमा मत हाल्नेछन् भने सहसंयोजक माधवकुमार नेपाल रौतहटस्थित रामजानकी कन्या आधारभूत विद्यालय केन्द्रमा मतदान गर्नेछन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा–२ अन्तर्गत पालुङटारको खोप्लाङस्थित अन्नपूर्ण मावि केन्द्रमा मतदान गर्नेछन्। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क केन्द्रमा मत हाल्नेछन्।
निर्वाचन व्यवस्थापनसँग सम्बन्धित पदाधिकारीहरू पनि आफ्ना–आफ्ना केन्द्रमा मतदान गर्दैछन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी अनामनगरस्थित मिलन विद्या मन्दिर केन्द्रमा, निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर लमजुङको सुन्दरबजार–२ महेन्द्र मावि परेवाडाँडा केन्द्रमा र आयुक्त सगुन शम्शेर जबरा टोखा–४ फैमाचुली धपासी निमावि केन्द्रमा मतदान गर्नेछन्। मुख्यसचिव सुमनराज अर्याल गोकर्णेश्वर–६ लर्डलाइट एकेडेमी केन्द्रमा मतदान गर्ने कार्यक्रम छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विराटनगर–१४ स्नातकोत्तर क्याम्पस विज्ञान भवन केन्द्रमा मतदान गर्नेछन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको हल्दिबारी–१ वडा कार्यालय केन्द्रमा मत हाल्नेछन्।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुर–५ विद्यार्थी निकेतन मावि साकोठा केन्द्रमा मतदान गर्नेछन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ महाँकालस्थित जनकल्याण मावि केन्द्रमा र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई धरान–१८ कार्मेल विद्यालय बुद्धचोक केन्द्रमा मतदान गर्नेछन्।
अन्य प्रमुख नेतामध्ये प्रकाशमान सिंह पकनाजोलस्थित नेपाल युवक मावि, शेखर कोइराला विराटनगर–७ आदर्श मावि, नारायणकाजी श्रेष्ठ गोरखाको सिरानचोक–८ जौबारीस्थित परोपकार आदर्श मावि ‘क’, शङ्कर पोखरेल तुलसीपुर–१८ विजौरीस्थित जनता संस्कृत मावि र योगेश भट्टराई ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि केन्द्रमा मतदान गर्ने कार्यक्रम छ।
विश्वप्रकाश शर्मा मेचीनगर–९ कविशिरोमणि मावि, विमलेन्द्र निधि नगराइन–२ श्री राजेश्वर निधि मावि, कृष्णप्रसाद सिटौला भद्रपुर–१० कलवलगुडी आधारभूत विद्यालय (क) र ईश्वर पोखरेल टोखा–६ धापासी केन्द्रमा मतदान गर्नेछन्।
त्यस्तै सुरेन्द्र पाण्डे राप्ती–५ भण्डारा अस्पताल केन्द्रमा, जनार्दन शर्मा मुसिकोट–५ सेरीगाउँस्थित यमुना नन्द नमूना मावि केन्द्रमा र वर्षमान पुन रोल्पा–७ बालउदय मावि माडीचौर केन्द्रमा मतदान गर्ने कार्यक्रम छ।
डिपी अर्याल काठमाडौँ–१६ मा र स्वर्णिम वाग्ले गोरखाको सहिद लखन थापा गाउँपालिकास्थित केन्द्रमा मतदान गर्नेछन्। निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सञ्चालन गर्ने तयारी पूरा भएको छ। उच्च सुरक्षा सतर्कतासहित मतदातालाई निर्धक्क रूपमा मतदान गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति:
बिहीबार, फागुन २१, २०८२
०६:५०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्