NL न्यूज
काठमाडौं । नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागले निर्वाचन लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ‘निर्वाचन विशेष मौसम बुलेटिन–२’ मा फागुन २० देखि २२ गतेसम्म देशका विभिन्न प्रदेशमा रहने मौसम अवस्थाबारे विस्तृत पूर्वानुमान प्रस्तुत गरिएको छ।
बुलेटिन अनुसार हालसम्मको मौसम मोडेल विश्लेषणका आधारमा निर्वाचन अवधिभर कुनै उल्लेखनीय प्रतिकूल मौसमी प्रणालीको व्यापक प्रभाव नदेखिने जनाइएको छ। यद्यपि केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली र हल्का वर्षा तथा हिमपातको सम्भावना भने रहने उल्लेख गरिएको छ।
कोशी प्रदेशमा के रहनेछ अवस्था?
कोशी प्रदेशको हिमाली भेगमा फागुन २० गते एक–दुई स्थानमा फाटफुट वर्षा तथा हिमपातको सम्भावना देखिएको छ। पहाडी क्षेत्रमा पनि सोही दिन एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ। तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहनेछ। फागुन २१ गते हिमाल र पहाडमा आंशिक बदली रहनेछ भने तराईमा मौसम सामान्यतया सफा रहने उल्लेख छ। फागुन २२ गते पुनः हिमाली र पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना देखाइएको छ, तर तराई क्षेत्र भने सफा रहनेछ।
मधेश प्रदेश
मधेश प्रदेशको तराई क्षेत्रमा तीनै दिन मुख्यतया मौसम सफा रहने बुलेटिनमा उल्लेख छ। यस प्रदेशमा वर्षा वा बदलीको उल्लेखनीय सम्भावना नरहेको जनाइएको छ।
बागमती प्रदेश
बागमती प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा फागुन २० गते फाटफुट वर्षाको सम्भावना छ भने तराई क्षेत्रमा मौसम सफा रहनेछ। फागुन २१ गते हिमाल र पहाडमा आंशिक बदली रहनेछ। फागुन २२ गते हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने देखिन्छ। तराईमा भने मुख्यतया सफा मौसम रहनेछ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको हिमाल र पहाडमा फागुन २० गते फाटफुट वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने मौसम सफा रहनेछ। फागुन २१ गते हिमाल र पहाडमा आंशिक बदली रहनेछ। फागुन २२ गते हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात तथा पहाडमा हल्का वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा फागुन २० गते आंशिक बदली रहनेछ भने पहाड र तराईमा मुख्यतया मौसम सफा रहनेछ। फागुन २१ गते हिमाल र पहाडमा आंशिक बदली रहनेछ। फागुन २२ गते हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ, तर पहाड र तराईमा सामान्य अवस्था रहने देखिन्छ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा फागुन २० र २१ गते अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। फागुन २२ गते भने हिमाल र पहाडका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना देखाइएको छ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा पनि फागुन २० र २१ गते मुख्यतया मौसम सफा रहनेछ। फागुन २२ गते हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने जनाइएको छ। तराईमा भने मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति:
बुधबार, फागुन २०, २०८२
१५:०९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्