NL न्यूज
एजेन्सी । इरानविरुद्ध जारी युद्धमा ज्यान गुमाउने पहिलो अमेरिकी सैनिकमध्ये चार जनाको परिचय सार्वजनिक गरिएको छ। अमेरिकी रक्षा मन्त्रालयले मंगलबार उनीहरूको नाम सार्वजनिक गर्दै द्वन्द्व थप चर्किँदै जाँदा अमेरिकी क्षति बढ्न सक्ने चेतावनी दिएको छ।
हालसम्म इरानसँगको युद्धमा ६ जना अमेरिकी सैनिकको मृत्यु भइसकेको छ। तीमध्ये चार जना आइओवास्थित अमेरिकी आर्मी रिजर्भको एकाइसँग आबद्ध थिए। उनीहरू आइतबार कुवेतको पोर्ट शुआइबा क्षेत्रमा रहेको अमेरिकी सैन्य स्थापनामा ड्रोन आक्रमण हुँदा मारिएका हुन्।
पेन्टागनका अनुसार उनीहरू २० देखि ४२ वर्ष उमेर समूहका थिए र डेस मोइन, आइओवास्थित १०३औँ सस्टेन्मेन्ट कमान्ड अन्तर्गत कार्यरत थिए। उक्त कमान्ड अमेरिकी सेनाको विश्वव्यापी रसद तथा आपूर्ति व्यवस्थापन संरचनाको हिस्सा हो।
मृत्यु भएका सैनिकहरू:
क्याप्टेन कोडी ए. खोरक, ३५, विन्टर हेभन, फ्लोरिडा
सर्जेन्ट फर्स्ट क्लास नोआ एल. टिटजेन्स, ४२, बेलभ्यू, नेब्रास्का
सर्जेन्ट फर्स्ट क्लास निकोल एम. अमोर, ३९, ह्वाइट बियर लेक, मिनेसोटा
सर्जेन्ट डेक्लान जे. कोडी, २०, वेस्ट डेस मोइन, आइओवा
७९औँ थिएटर सस्टेन्मेन्ट कमान्डका प्रमुख मेजर जनरल टड एर्स्किनले वक्तव्य जारी गर्दै मृतक सैनिकका परिवार र सहकर्मीप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।अधिकांश सैनिकले यसअघि पनि विदेशमा सेवा गरेका थिए। खोरकले सन् २०१८ मा साउदी अरेबिया, २०२१ मा ग्वान्तानामो बे (क्युबा) र २०२४ मा पोल्याण्डमा तैनाथी पाएका थिए। अमोरले २०१९ मा कुवेत र इराकमा सेवा गरेकी थिइन्। टिटजेन्सले २००९ र २०१९ मा कुवेतमा दुई पटक तैनाथी सम्हालेका थिए। कोडीले भने सन् २०२३ मा मात्र आर्मी रिजर्भमा भर्ती भएका थिए र उनलाई मृत्युपछि विशेषज्ञ पदबाट पदोन्नति गरिएको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अन्य वरिष्ठ अधिकारीहरूले इरानविरुद्धको युद्धका क्रममा थप अमेरिकी सैनिक हताहती हुन सक्ने चेतावनी दिएका छन्। इरानले अमेरिकी तथा इजरायली आक्रमणको प्रतिशोधस्वरूप मध्यपूर्वभर ५०० भन्दा बढी ब्यालेस्टिक मिसाइल र २ हजारभन्दा बढी ड्रोन प्रहार गरिसकेको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जनाएको छ।
मंगलबार रक्षा मन्त्री पीट हेगसेथ, जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन, सीआईए निर्देशक जोन र्याट्क्लिफ र विदेशमन्त्री मार्को रुबियोले सांसदहरूलाई बन्द कक्षामा सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए। उक्त बैठकपछि डेमोक्र्याट सिनेटर क्रिस मर्फीले “थप अमेरिकी नागरिकको ज्यान जानेछ, यी ड्रोन पूर्णरूपमा रोक्न सम्भव छैन भन्ने कुरा हामीलाई भनिएको छ,” भनेका छन्। कुवेतस्थित उक्त सैन्य स्थापनामा कंक्रीटका ब्लास्ट वाल भए पनि मजबुत छाना संरचना थिएन। त्यहाँ हवाई सुरक्षा प्रणाली तैनाथ थियो वा थिएन भन्ने स्पष्ट नभए पनि ड्रोन नजिकिँदा कुनै चेतावनी साइरन नबजेकाे एक अधिकारीले नाम नखुलाउने सर्तमा जानकारी दिएका छन्।
(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति:
बुधबार, फागुन २०, २०८२
१३:३७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्