NL न्यूज
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा भोलि देशैभर हुने प्रतिनिधिसभा निर्वाचनको समग्र तयारी, सुरक्षा प्रबन्ध र सम्भावित चुनौतीबारे समीक्षा गरिने बताइएको छ। सुरक्षा दृष्टिकोणले यसपटकको निर्वाचन संवेदनशील मानिएकाले प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्थाबारे विशेष चासो राख्दै आएकी छन्।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सबै सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।





प्रतिक्रिया दिनुहोस्