NL न्यूज
काठमाडौं । गृह मन्त्रालयले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक गरी सुरक्षालगायत व्यवस्थापकीय काम सम्पन्न भएको निष्कर्ष निकालिएको हो।
गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको करिब तीन घण्टे बैठकमा सबै जिल्लाबाट निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिइएको सह–प्रवक्ता रमा आचार्यले बताइन्।
बैठकमा शान्ति सुरक्षा, संवेदनशील क्षेत्रको अवस्था र केन्द्रले गर्नुपर्ने समन्वयबारे पनि छलफल भएको थियो। गृहसचिव श्रेष्ठले सुरक्षा व्यवस्था अझ मजबुत बनाउन निर्देशन दिएका छन्।
प्रकाशित मिति:
बुधबार, फागुन २०, २०८२
१२:३६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्