NL न्यूज
तपाईं कुवेतमा हुनुहुन्छ भने सचेत रहनुहोस्। कुवेत सरकारले आफ्नो आकाशमा देखिने कुनै पनि हवाई आक्रमण, प्रतिरक्षा गतिविधि वा घटनास्थलका तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न कडा निर्देशन दिएको छ। यस्तो सामग्री सार्वजनिक गरेको पाइए कानुनी कारबाही हुने चेतावनी दिइएको छ।
सरकारले अफवाह फैलाउने किसिमका पोस्ट र शेयर नगर्न पनि आग्रह गरेको छ। पछिल्लो समय अमेरिका, इजरायल र इरानबीच जारी तनाव र सैन्य गतिविधिका कारण सुरक्षा सतर्कता बढाइएको हो।
कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेत सरकारले स्वदेशी तथा विदेशी नागरिकलाई भीडभाड हुने स्थान र सैन्य क्षेत्र आसपास नजान अनुरोध गरेको छ। साइरन बजेमा बाहिर रहेका व्यक्तिले नजिकैको सुरक्षित भवनभित्र प्रवेश गर्न र भित्रै भए झ्याल, सिसा तथा बार्दलीबाट टाढा बस्न भनिएको छ।
युद्धका कारण कुवेतको हवाई उडान अस्थायी रूपमा बन्द गरिएको छ। नेपालबाट कुवेत जाने उडानहरू पनि रद्द भएका छन्। कुवेत ट्रान्जिट हुँदै यात्रा गर्ने क्रममा समस्या परे दूतावाससँग सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले सबै नेपालीलाई आधिकारिक सूचना मात्र अनुसरण गर्न र सामाजिक सञ्जालका अपुष्ट सामग्रीमा विश्वास नगर्न अपिल गरेको छ।

प्रकाशित मिति:
मंगलबार, फागुन १९, २०८२
१७:२७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्