Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका साहको नाम बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी रद्द गरिएको हो। आयोगले कालोसूचीसम्बन्धी प्रमाण प्राप्त भएपछि कानुनी प्रावधानअनुसार उम्मेदवारी खारेज गरिएको जनाएको छ।

धनुषा–१ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेकपाबाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्। उक्त क्षेत्रमा बिहीबार मतदान हुँदैछ। आयोगले सम्बन्धित कानुनी प्रक्रिया पूरा गर्दै उम्मेदवारी खारेज गरिएको स्पष्ट पारेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार