NL न्यूज
काठमाडौं । देशभर दैनिक करिब ५ हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को माग हुने गरेको छ। तर यसअघि आवेदन दिइसकेका करिब २५ लाख सेवाग्राहीलाई लाइसेन्स दिन अझै बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ। विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार हाल अत्यावश्यक परेकालाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण भइरहेको छ। दैनिक करिब ६ सय जना ‘इमरजेन्सी’ भन्दै लाइसेन्स लिन आउने गरेका छन् र सोही अनुपातमा वितरण भइरहेको उनले बताए।
५–७ दिनमै प्रिन्ट
अनलाइन वा भौतिक रूपमा आवेदन दिएपछि सम्बन्धित विवरण सेक्युरिटी प्रिन्टिङ प्रेसमा पठाइन्छ। त्यहाँबाट ५ देखि ७ दिनभित्र लाइसेन्स प्रिन्ट भएर आउने र त्यसपछि वितरण गरिने व्यवस्था रहेको महानिर्देशक पोखरेलले जानकारी दिए। जेन–जी आन्दोलनका क्रममा विभागमा लागेको आगलागीमा करिब २ लाख ५० हजार लाइसेन्स जलेर नष्ट भएका थिए। संसद भवन नजिकै रहेकाले आन्दोलनको केन्द्रमा परेको विभागमा ठूलो क्षति पुगेको थियो। लाइसेन्स प्रिन्ट गर्ने मेसिनसमेत जलेपछि हाल बनेपास्थित सेक्युरिटी प्रिन्टिङ प्रेससँग सम्झौता गरेर छपाइ कार्य अघि बढाइएको छ। आगलागीका बाबजुद कर्मचारीको प्रयासमा करिब ६० लाख ड्राइभिङ लाइसेन्सको डेटा पुनर्जीवित गरिएको पोखरेलले बताए। सेक्युरिटी प्रिन्टिङ प्रेसले पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ गरेर उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको छ।
डिजिटल लाइसेन्सले सहजीकरण
लाइसेन्स समस्यालाई सहज बनाउन विभागले डिजिटल प्रणाली लागू गरेको छ। नागरिक एपमार्फत डिजिटल लाइसेन्स देखाउन सकिने व्यवस्था गरिएको छ, जसलाई ट्राफिक प्रहरीले मान्यता दिने गरेको छ। ट्राफिक नियम उल्लंघन भएमा सोही डिजिटल लाइसेन्सका आधारमा चिट काट्न र जरिवाना अनलाइनमार्फत तिर्न सकिने व्यवस्था छ। यसले लाइसेन्स वा रसिद बोकिरहनुपर्ने बाध्यता हटेको विभागको भनाइ छ। लाइसेन्स नपाएका सेवाग्राहीको रसिदलाई पनि मान्यता दिइँदै आएको छ। वैदेशिक रोजगारीमा जाने वा अन्य आपतकालीन आवश्यकताका लागि लाइसेन्स चाहिनेले विभागमा निवेदन दिएपछि प्राथमिकताका आधारमा उपलब्ध गराइँदै आएको छ। डिजिटल लाइसेन्स प्रयोग बढेकाले अहिले लाइसेन्ससम्बन्धी समस्या पहिलेको जस्तो गम्भीर नरहेको महानिर्देशक पोखरेलले बताए।

प्रकाशित मिति:
मंगलबार, फागुन १९, २०८२
१३:०८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्