NL न्यूज
काठमाडौं । आउँदो बिहीबार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार अवधि आज मध्यरातदेखि सकिँदैछ। निर्वाचन आयोगले फागुन ४ गतेदेखि आज राति १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो। मतदान हुनु ४८ घण्टाअघि सुरु हुने मौन अवधि मतदान सम्पन्न नभएसम्म कायम रहनेछ। यस अवधिमा प्रचारप्रसार, भाषण, सभा, भेला, छलफल, समीक्षा वा चुनावलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइने छैन। मत माग्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने, प्रभाव पार्ने गरी हिँडडुल गर्ने जस्ता गतिविधि पनि निषेध गरिएको आयोगले जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा चुनावलाई प्रभाव पार्ने गरी आर्थिक कारोबार गरेको पाइए उम्मेदवारी खारेज हुनसक्नेछ। त्यस्तै, दोषी ठहर भएमा ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाइने व्यवस्था छ। आयोगले चुनावलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति लिने स्पष्ट पारेको छ।
पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मौन अवधि मतदातालाई सुसूचित र विवेकपूर्ण निर्णय गर्न दिइने समय हो। प्रचारप्रसारको दबाबबाट टाढा रहेर ‘योग्य र रोजेको’ उम्मेदवार चयन गर्ने अवसरका रूपमा यसलाई लिइन्छ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका चुनाव चिह्न र प्रचार सामग्री हटाइसक्नुपर्नेछ। यस अवधिमा एसएमएस, फेसबुक, भाइबर लगायतका विद्युतीय माध्यमबाट मत माग्न र प्रचारप्रसार गर्न पाइँदैन। उम्मेदवार वा दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन–प्रसारणसमेत निषेध गरिएको छ।
चुनावी प्रतिस्पर्धा र तयारी
बिहीबार हुने निर्वाचनमा प्रत्यक्षतर्फ ६१ चुनाव चिह्नसहित ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ अन्य गरी ३ हजार ४ सय ६ उम्मेदवार मैदानमा छन्। समानुपातिकतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि मतदान हुनेछ।
यसपटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन्। जसमध्ये ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य मतदाता छन्। १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम गरिएको छ।
देशभर १० हजार ९ सय ६७ मतदान स्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ। १ सय ४३ अस्थायी मतदानस्थल पनि तय गरिएका छन्। चुनावी सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको छ।
चुनावका लागि २ लाख १५ हजार कर्मचारी खटिँदैछन्। प्रत्यक्ष र समानुपातिकतर्फ गरी ४ करोड २२ लाख ५१ हजार २ सय मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ। यस निर्वाचनमा ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन्।

प्रकाशित मिति:
मंगलबार, फागुन १९, २०८२
१२:०९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्