NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते राष्ट्रिय संवाद गर्न प्रस्ताव राखेका छन्।
पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीका उम्मेदवारबीच औपचारिक बहस सम्भव नभए पनि मतगणनाअघि सबै दलहरूबीच राष्ट्रिय बहस गर्न सकिने धारणा राखे। “चुनाव सकिएको भोलिपल्ट मतगणना सुरु गर्नुअघि राष्ट्रिय बहस गरौँ,” उनले भने, “यदि सरकारले चाह्यो र सबै राजनीतिक दल सहमत भए भने राष्ट्रिय संवादका लागि हामी तयार छौँ।”
शर्माले मतपेटिका खोल्नुअघि नै सुशासन, राजनीतिक स्थायित्व र आगामी सरकारको स्वरूपबारे साझा धारणा बनाउनु आवश्यक रहेको बताए। उनका अनुसार सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने, आलोपालोको अभ्यास अन्त्य गर्ने र पाँच वर्ष टिक्ने स्थिर सरकार गठन गर्ने विषयमा स्पष्ट सहमति हुनुपर्छ।
जेनजीसहित विभिन्न आन्दोलन र समसामयिक मुद्दामा पनि साझा दृष्टिकोण तयार गर्नुपर्ने उनले जोड दिए। उनले फागुन २२ गते सबै दल मिलेर एउटै धारणा तय गरी पहिलो संसद् बैठकबाटै त्यसको कार्यान्वयन सुरु गर्न सकिने सुझावसमेत अघि सारे। उनको प्रस्तावलाई चुनावपछिको राजनीतिक स्थायित्व सुनिश्चित गर्ने पहलका रूपमा हेरिएको छ।

प्रकाशित मिति:
सोमबार, फागुन १८, २०८२
१७:५४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्