NL न्यूज
अबुधाबी । इरानको ड्रोन हमलामा परी यूएईमा ज्यान गुमाएका नेपाली नागरिकको परिचय खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मृतक गोरखा घर भएका २९ वर्षीय दिवस श्रेष्ठ हुन्।
राजदूतावासले सोमबार विज्ञप्ति जारी गर्दै जायद अन्तर्राष्ट्रिय विमानस्लथमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा श्रेष्ठको निधन भएको जानकारी यूएईको विदेश मन्त्रालयबाट आधिकारिक रूपमा प्राप्त भएको जनाएको छ।
विज्ञप्तिअनुसार श्रेष्ठ ‘मिडिल इस्ट कम्पनी’ मा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। घटनाको प्रकृति र थप विवरण सम्बन्धित निकायले सार्वजनिक गर्ने जनाइएको छ। दूतावासले श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ।
परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र नेपाल फिर्ता ल्याउन आवश्यक सबै सहजीकरण गरिने दूतावासले जनाएको छ। यसैबीच, यूएईमा रहेका नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा स्थानीय सरकारले जारी गरेका सुरक्षा मापदण्डहरू कडाइका साथ पालना गर्न आग्रह गरिएको छ।





प्रतिक्रिया दिनुहोस्