NL न्यूज
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक विधिको शासन सुदृढ गर्दै संविधानको मार्गमा स्थिर रूपमा अघि बढ्न सफल भएको बताएकी छन्। जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थाबाट देशलाई सम्हाल्दै अहिले निर्वाचनको संघारमा आइपुग्नु सबै नेपालीको संयम, सहकार्य र लोकतन्त्रप्रतिको प्रतिबद्धताको परिणाम भएको उनको भनाइ छ। सोमबार देशबासीका नाममा सम्बोधन गर्दै उनले आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन चार बुँदे अपिल गरेकी छन्।
“निर्वाचनमा सरिक भइदिनुहोस्”
प्रधानमन्त्री कार्कीको पहिलो आग्रह मतदाताप्रति केन्द्रित छ। देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा लैजान सबै नागरिकले मतदानमार्फत आफ्नो दायित्व पूरा गर्नुपर्ने उनले बताइन्। उनले भनिन्, “भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाउनु मात्र होइन, यो आफ्ना सन्तानको भविष्य कस्तो बनाउने भन्ने निर्णय हो।” फागुन २१ गते बिहीबारका दिन अन्य काम छाडेर भए पनि मतदान केन्द्रमा पुग्न उनले हार्दिक अपिल गरिन्।
मौन अवधिमा अनुशासन र संयम
निर्वाचनको संघारमा शान्ति र अमनचयन कायम राख्न प्रधानमन्त्रीको दोस्रो आग्रह छ। स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भए पनि आपसी वैमनस्य र मनमुटाव अस्वीकार्य हुने उनले स्पष्ट पारिन्। चुनावी मैदानमा रहेका दल र स्वतन्त्र उम्मेदवारहरूको सक्रियतालाई लोकतन्त्रको जीवन्तता भन्दै धन्यवाद दिँदै उनले मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र प्रचारप्रसारमा मर्यादा कायम राख्न आग्रह गरिन्। निर्वाचन आयोग, सुरक्षा निकाय र कर्मचारीप्रति आभार व्यक्त गर्दै उनले छोटो र चुनौतीपूर्ण समयमा तयारी पूरा भएको उल्लेख गरिन्। निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ। प्रदेश र स्थानीय तहको सहकार्य, चारवटै सुरक्षा संयन्त्रको सक्रियता तथा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त सहयोगप्रति पनि उनले कृतज्ञता व्यक्त गरिन्।
निर्वाचनको रङ र होलीको रङ
निर्वाचनकै मुखमा परेको फागुपूर्णिमाको अवसरलाई उनले सकारात्मक सन्देशसँग जोडिन्। “होलीले एकता र सद्भावको सन्देश दिन्छ। हाम्रो विविधतालाई मजबुत बनाउँछ,” उनले भनिन्, “निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस्।”
विदेशमा रहेका नेपालीप्रति चासो
सम्बोधनको अन्त्यतिर प्रधानमन्त्रीले मध्यपूर्वी क्षेत्रमा चुलिँदै गएको तनावप्रति चिन्ता व्यक्त गरिन्। इरान र आसपासको क्षेत्रको विकसित घटनाक्रमलाई सरकारले नजिकबाट नियालिरहेको जानकारी दिँदै उनले त्यहाँ रहेका नेपाली कामदारको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताइन्। परराष्ट्र मन्त्रालय र सम्बन्धित नियोगहरूलाई सक्रिय बनाइएको उल्लेख गर्दै उनले जहाँ रहे पनि प्रत्येक नेपालीको सुरक्षा र हितको रक्षामा सरकार कटिबद्ध रहेको दोहोर्याइन्।
लोकतन्त्रको यो संवेदनशील मोडमा नागरिक सहभागिता, राजनीतिक संयम र राष्ट्रिय एकताको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई देशको भविष्य निर्माण गर्ने अवसरका रूपमा लिन सबैलाई आह्वान गरेकी छन्।

प्रकाशित मिति:
सोमबार, फागुन १८, २०८२
१३:४४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्