NL न्यूज
काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज देशका हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ भने तराईका जिल्लामा भोलि मनाइने भएको छ।
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भावना र उत्साहको सन्देश बोकेर आउने परम्परागत चाडका रूपमा परिचित छ।
पछिल्ला वर्षहरूमा सुरक्षा निकायको सक्रियताका कारण होली पर्व मनाउने शैली सभ्य बन्दै गएको छ। सडकमा हिँड्ने व्यक्तिलाई इच्छा विपरीत रङ र लोला हान्ने गतिविधि उल्लेखनीय रूपमा घटेको छ। विशेषगरी महिलामाथि हुने असहज व्यवहार कम हुँदै गएको सर्वसाधारणले बताएका छन्।
होलीका अवसरमा काठमाडौंको वसन्तपुर क्षेत्रमा गाडिएको चिर विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगी जलाउने परम्परा रहेको छ। चिरमा राखिएका ध्वजापताका औषधीय गुणयुक्त हुने विश्वासका साथ मानिसहरूले लिने र खरानीको टीका लगाउँदा अनिष्ट टर्ने जनविश्वास छ।
फागु पर्वको सुरुआत फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि चिर गाडेर पूजा गरेपछि हुने चलन छ। साथै राति ‘गुरुमापा’ नामक राक्षससँग सम्बन्धित परम्परागत सांस्कृतिक विधि पनि सम्पन्न गरिन्छ।
धार्मिक मान्यताअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने प्रयास गर्दा होलिका आफैं भष्म भएको कथा यस पर्वसँग जोडिएको छ। त्यसैको सम्झनामा असत्य र अहंकारमाथि सत्यको विजयको प्रतीकका रूपमा होली मनाउने परम्परा विकसित भएको विश्वास गरिन्छ।
आयुर्वेदका अनुसार प्राकृतिक रङ तथा अबिरको प्रयोगले छालासम्बन्धी समस्या कम गर्न सहयोग पुग्ने तथा चिरको धुवाँले जाडोयाममा फैलिने केही रोगका कीटाणु नष्ट गर्ने विश्वास पनि रहेको छ।

फागु पर्वका अवसरमा सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ। यस वर्ष हिमाली तथा पहाडी जिल्लामा आज बिदा दिइएको छ भने तराई क्षेत्रमा भोलि होली मनाइने भएकाले मंगलबार सार्वजनिक बिदा रहनेछ।
प्रकाशित मिति:
सोमबार, फागुन १८, २०८२
०८:२३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्