Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

इरान-इजरायलबीचको यद्धमा नेपाल पनि प्रभावित, युएईमा एक नेपालीको मृत्यु

युएई ।  शनिबारदेखि सुरु भएको इरान–इजरायल युद्धमा परेर एक नेपालीको ज्यान गएको छ। यूएईमा कार्यरत ती नेपाली इरानी मिसाइल हमलामा परेर मृत्यु भएको जनाइएको छ।

युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमा प्रकाशित गरेको सूचनाअनुसार हमलामा ज्यान गुमाउने तीन दक्षिण एसियालीमध्ये एक जना नेपाली रहेका छन्। अन्य मृतकमा एक पाकिस्तानी र एक बंगलादेशी नागरिक रहेका छन्।

मृतक नेपालीको नाम र विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। घटनामा तीन जनाको मृत्यु भएको र ५८ जना घाइते भएको उल्लेख गरिएको छ।
शनिबारदेखि जारी आक्रमणका क्रममा विभिन्न स्थानमा मिसाइल र ड्रोन प्रहार भएका छन्। हवाई प्रतिरक्षा प्रणालीले धेरै आक्रमण अवरोध गरे पनि केही भग्नावशेष बस्ती क्षेत्रमा खस्दा मानवीय तथा भौतिक क्षति भएको जनाइएको छ।

युद्ध चर्किँदै जाँदा खाडी क्षेत्रमा कार्यरत नेपालीसहित विदेशी श्रमिकको सुरक्षाबारे चिन्ता बढ्दै गएको छ। सम्बन्धित निकायहरूले अवस्थाको निगरानी गरिरहेको जनाएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार