NL न्यूज
अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानी ड्रोन र मिसाइल आक्रमणका क्रममा एक जना नेपालीसहित तीन जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्। आइतबार भएको आक्रमणपछि सुरक्षा अवस्था थप सतर्क बनाइएको छ।
घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिकको मृत्यु भएको समाचार गल्फ न्युजले प्रकाशित गरेको छ। मृतकहरूको नाम र विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। घाइते ५८ जनामध्ये यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेको जनाइएको छ।
यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्यूजले जनाएअनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता यूएईको वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोन सामना गरेको छ। मन्त्रालयका अनुसार आक्रमणको दोस्रो बिहान आइतबार २० ब्यालिस्टिक मिसाइल नष्ट गरिएको थियो, जसमध्ये आठ समुद्रमा खसेका थिए। त्यस्तै दुई क्रुज मिसाइल र ३११ ड्रोन नष्ट गरिएको दाबी गरिएको छ। २१ वटा ड्रोन भने नागरिक क्षेत्रमा खसेका थिए। समग्रमा प्रक्षेपित १६५ ब्यालिस्टिक मिसाइलमध्ये १५२ अवरोध गरी नष्ट गरिएको र १३ समुद्रमा खसेको उल्लेख छ। ५४१ ड्रोनमध्ये ५०६ नष्ट गरिएका छन् भने ३५ बस्ती क्षेत्रमा खसेका थिए, जसबाट भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।
हवाई प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोन अवरोध गर्दा खसेका भग्नावशेषका कारण विभिन्न स्थानमा सामान्यदेखि मध्यम स्तरसम्मको भौतिक क्षति पुगेको बताइएको छ। मन्त्रालयले सशस्त्र बल पूर्ण तयारी अवस्थामा रहेको र नागरिक, विदेशी बासिन्दा तथा आगन्तुकहरूको सुरक्षा उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ। साथै आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अपुष्ट हल्ला नफैलाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रकाशित मिति:
आइतबार, फागुन १७, २०८२
१९:०६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्