Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

वाम आन्दोलन समाप्त पार्न अहिले ठूलो डिजाइन र षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले दुई ठूला अतिवादी खतरासँग जुधिरहेको बताए। भिडियो सन्देशमार्फत उनले हिजो सत्ता र प्रतिपक्षमा रहँदा सुशासन स्थापित गर्ने, भ्रष्टाचारका काण्ड उजागर गर्ने र विधिको शासन लागू गर्ने प्रयास गरेको स्मरण गराए।

प्रचण्डका अनुसार एक अतिवाद जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता ल्याउन खोज्दैछ भने अर्को यथास्थितिवाद दलाल र बिचौलियाको स्वार्थमा सीमित छ। यी दुवै खतरासँग जुधेर देश जोगाउन र समृद्धिको मार्ग तय गर्न वामपन्थी आन्दोलन सक्षम रहेको उनले जोड दिए।

उनले वाम आन्दोलन समाप्त पार्न षड्यन्त्र भइरहेको उल्लेख गर्दै नेकपा गठनको इतिहास सम्झाए र पार्टी मात्र नभई समग्र वाम आन्दोलनको पुनर्गठन भइरहेको बताए। प्रचण्डले भ्रष्टाचार अन्त्य, कानुनको शासन, सरकारी सेवा पारदर्शी बनाउने र देशलाई स्थायित्व र समृद्धितर्फ लैजाने उद्देश्यका लागि मत माग्ने संकेत पनि गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार