NL न्यूज
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनअघि गरेको अनुगमनको आधारमा उम्मेदवार र दलहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालन नगरेको निष्कर्ष निकालेको छ।
आयोगका सहसचिव एवं प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै बालबालिकाको र्यालीमा सहभागीता, पत्रकारमाथि धम्की र कुटपीट, चुनाव चिन्हको अनधिकृत प्रयोग, अनुमति बिना घरमा प्रचार सामग्री टाँग्नु, स्थानीय निकाय तथा प्रदेशका पदाधिकारीहरूको प्रचारमा सहभागिता आदि गतिविधिहरू आचारसंहिता उल्लंघन भएको बताएका छन्।
त्यस्तै उम्मेदवारहरूले अनुमति बिना बढी सवारी प्रयोग गर्नु, मतदातामाथि अनुचित प्रभाव पार्ने प्रयास, सामाजिक सञ्जालको दुरुपयोग, र सीमान्तकृत समुदायमा मतदाता शिक्षा पुग्न नसक्नुजस्ता पनि आयोगले फेला पारेको छ।
आयोगले ४२ जिल्लामा अनुगमन टोली खटाएर निर्वाचन तयारी, आचारसंहितापालन, शान्ति–सुरक्षा र स्थानीय प्रशासनको भूमिका मूल्याङ्कन गरेको थियो। आयोगले दल, उम्मेदवार, सुरक्षा निकाय र निर्वाचन अधिकृतको कार्यलाई केही हदसम्म सकारात्मक ठाने पनि, सबै पक्षलाई धैर्यता र संयमता अपनाउँदै आचारसंहिता पालन गर्न जोड दिएको छ।
विज्ञप्तिमा आयोगले सामाजिक सञ्जाल दुरुपयोग नगर्न, गालीगलौजजन्य सामग्री उत्पादन र प्रसारण नगर्न, शान्ति–सुरक्षा सुनिश्चित गर्न र निर्वाचनलाई मानव अधिकारमैत्री बनाइ नागरिकको अधिकारको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ।

प्रकाशित मिति:
आइतबार, फागुन १७, २०८२
१७:५५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्