Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मानव अधिकार आयोगद्वारा युद्धग्रस्त मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा विषयमा सरकारलाई आग्रह

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले इजरायल–अमेरिका सैन्य कारबाही र त्यसपछिका घटनाका कारण मध्यपूर्वका मुलुकमा देखिएको असुरक्षाबारे गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा युद्ध प्रभावित देशमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा तत्काल पहल गर्न सरकारलाई अनुरोध गरिएको छ।

आयोगले भनेको छ, “युद्धका कारण नेपालीहरूमा पर्न सक्ने असुविधाप्रति आयोग गम्भीर चासो प्रकट गर्दछ।” साथै, राज्यले आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नुको दायित्व सबै परिस्थितिमा अनिवार्य रहेको स्मरण गराइएको छ।

विज्ञप्तिमा सरकारले युद्धग्रस्त मुलुकमा रहेका आफ्ना नागरिकको तथ्याङ्क सङ्कलन गर्न, वस्तुस्थितिको जानकारी लिन, जोखिममा रहेका नागरिकलाई उद्धार गरी स्वदेश फर्काउने तत्काल पहल गर्न आवश्यक भएको उल्लेख छ। साथै, कुटनीतिक नियोगहरूको प्रभावकारी परिचालन र सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घ/सङ्गठनसँग समन्वय गरी नागरिक सुरक्षामा ध्यान दिन पनि आग्रह गरिएको छ।

अमेरिका र इजरायलले संयुक्त सैन्य कारबाही गरेपछि इरानले पनि प्रतिकार गर्दै मिसाइल तथा ड्रोन हमला गरेको अवस्थामा, ती देशहरूमा रहेका नेपाली नागरिकको सुरक्षामा विशेष ध्यान दिन आयोगले जोड दिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार