Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

इरानी मिसाइल आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल र बुर्ज अल अरब क्षतिग्रस्त

इरानी प्रतिकारात्मक हवाई आक्रमणको क्रममा दुबईको अन्तर्राष्ट्रिय विमानस्थल र शहरको चिनिने बुर्ज अल अरब होटलमा क्षति पुगेको छ। यो आक्रमण खाडी राज्यहरू र मध्यपूर्वका अन्य क्षेत्रमा फैलिएको थियो, जसले अमेरिकी अड्डा र हितहरू भन्दा बाहिर समेत असर पुर्‍याएको छ।  विमानस्थलमा चार जना घाइते भएका छन्। विमानस्थलको एक कन्कोर्समा “सामान्य क्षति” भएको र घटना छिटो नियन्त्रणमा आएको बताइएको छ। त्यसैगरी, दुबई मिडिया अफिसका अनुसार उसले एक ड्रोनलाई अवरोध गरिएको थियो भने  त्यसको भग्नावशेषले बुर्ज अल अरबको बाहिरी भागमा सानो आगो लागेको थियो  ।

अन्य प्रभावित स्थलहरू
दुबईको पाम जुमेरा टापुस्थित अर्को होटलमा पनि आगो लागेको थियो। जेबेल अली पोर्टको एउटा बर्थमा हवाई अवरोधको भग्नावशेषले आगो लागेको छ।
अबु धाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा एक एशियाली नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए। इरानले अबु धाबी, दुबई र दोहाका सबै  प्रमुख विमान मार्गहरूमा मिसाइल प्रहार गरेको थियो ।

इरानी मिसाइल आक्रमणपछि खाडी क्षेत्रका विमान सेवाहरू अस्थायी रूपमा रोकिएका छन्। दुबई र अबु धाबीबाट हुने उडानहरू समेत स्थगित भएका छन्। उड्डयन ट्र्याकिङ्गले देखाएको छ कि क्षेत्रीय आकाश लगभग खाली भएको छ।  दुबई मध्यपूर्वकै सबैभन्दा ठूलो पर्यटन र व्यापारिक केन्द्र हो, र यसको अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै व्यस्त विमानस्थलमध्ये एक हो। बुर्ज अल अरब १९९९ मा खुल्दै शहरको विश्वव्यापी लक्जरी प्रतीक बनेको थियो। यस प्रकारको क्षति आर्थिक र पर्यटन क्षेत्रमा गम्भीर असर पार्ने अनुमान गरिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार