NL न्यूज
काठमाडौं — परराष्ट्र मन्त्रालयले इरानमा रहेका सबै नेपाली नागरिक सुरक्षित रहेको जनाएको छ। विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल फर्किसकेको र दुई जना फर्किने क्रममा रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए।
हाल आठ जना नेपाली अझै इरानमै रहेको र उनीहरू सबै सुरक्षित अवस्थामा रहेको मन्त्रालयले स्पष्ट पारेको छ। उनीहरूसँग सम्बन्धित नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको पनि जनाइएको छ। मध्यपूर्वमा विकसित भइरहेको सुरक्षा अवस्थालाई मन्त्रालयले नजिकबाट निगरानी गरिरहेको प्रवक्ता क्षेत्रीले बताए। इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मन्त्रालयले सकेसम्म घरभित्रै बस्न, अनावश्यक बाहिर ननिस्कन, आवश्यक सावधानी अपनाउन र स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन सुझाव दिएको छ। साथै, सम्बन्धित देशका निकायको पूर्व स्वीकृतिबिना यात्रा नगर्न र नेपालबाट त्यता जाने सम्पूर्ण यात्रा हालका लागि स्थगित गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति:
आइतबार, फागुन १७, २०८२
१३:१८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्