NL न्यूज
काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माण र विध्वंसको बाटोमध्ये एक रोज्ने समय आएको बताएका छन्। मतदातालाई लक्षित भिडियो सन्देशमार्फत उनले स्पष्ट कित्ताकाट गर्न आह्वान गरेका हुन्। “अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ। तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा?” ओलीले प्रश्न गरेका छन्। उनले यतिबेला आफ्नो धार स्पष्ट नपार्ने हो भने भविष्यमा आत्मग्लानि हुनसक्ने चेतावनी दिए।
निर्वाचित सरकारलाई अपदस्थ गराउन विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाउँदै उनले मतदातासँग देश बचाउने कि नबचाउने भन्ने मूल प्रश्नमा सोच्न आग्रह गरे। “यो सोध्न मिल्ने प्रश्न होइन, तर सोध्नैपर्ने भएको छ,” उनले भने। आफूप्रति गुनासा र प्रश्न उठेको स्वीकार गर्दै केही कमजोरी पनि भएको उनले माने। तर राष्ट्रिय अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा कहिल्यै सम्झौता नगरेको दाबी गरे।
ओलीले आफू आगामी पुस्ताको भविष्यका लागि संघर्षरत रहेको उल्लेख गरे। “अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ,” उनले भने, “देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो, भूमि र जनता पहिले भनेको हो।” सार्वजनिक सम्पत्ति, राज्यसंस्था र सुरक्षा निकाय जनताको कर र भरोसाबाट बनेको भन्दै उनले ती संरचना जोगाउने ग्यारेन्टी आवश्यक रहेको बताए। राष्ट्रिय स्वाधीनता र स्वाभिमान नझुक्ने सुनिश्चितताका लागि ‘देश पहिले’ भन्ने भावना आवश्यक रहेको उनको जोड थियो।

प्रकाशित मिति:
आइतबार, फागुन १७, २०८२
१२:१६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्