NL न्यूज
काठमाडौं । यूएईस्थित नेपाली दूतावासले पछिल्लो सुरक्षा अवस्थाबारे भ्रम फैलिने किसिमका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ। दोस्रो एडभाइजरी जारी गर्दै दूतावासले यूएईमा रहेका सबै नेपालीलाई आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न सचेत गराएको हो।
दूतावासका अनुसार यूएईका सरकारी निकायले यस्ता सामग्री सामाजिक सञ्जालमार्फत सेयर गर्नु दण्डनीय हुन सक्ने भन्दै चेतावनी दिएका छन्। अज्ञात स्रोतबाट आएका हल्ला वा अपुष्ट सूचनाले अनावश्यक त्रास फैलाउन सक्ने उल्लेख गरिएको छ।
सही जानकारीका लागि यूएईको परराष्ट्र, रक्षा र गृह मन्त्रालयका साथै दुबई मिडिया कार्यालय र इमिरेट्स न्यूज एजेन्सीले जारी गर्ने आधिकारिक सूचनामात्रै हेर्न दूतावासले अनुरोध गरेको छ।





प्रतिक्रिया दिनुहोस्