NL न्यूज
काठमाडौं । खाडी क्षेत्रमा तनाव चर्किँदै जाँदा त्यसको असर नेपाली बजारमा सुनचाँदीको मूल्यमा देखिएको छ। अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि इरानले पनि प्रतिउत्तरमा खाडीका विभिन्न मुलुकमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि २४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:
आइतबार, फागुन १७, २०८२
११:५४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्