Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आइतबार बिहानै दुर्गा प्रसाईं पुन: पक्राउ

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान पुन: पक्राउ गरेको छ ।

उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै पक्राउ गरेको बताइएको छ । उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको  बताइएपनि त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए । उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार