NL न्यूज
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणमा मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनका साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि खामेनी मारिएको पुष्टि गरेका छन्।
न्यूयोर्क टाइम्सले जनाएअनुसार, तेहरानमा भएको लक्षित आक्रमणपछि खामेनीको मृत्यु भएको बताइएको छ । रिपोर्ट अनुसार खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता थिए र तीन दशकभन्दा बढी समयसम्म देशको राजनीतिक तथा धार्मिक नेतृत्व गरिरहेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु पुष्टि गरेको दाबी गरिएको छ, तर घटनाको सम्पूर्ण विवरणबारे अझै अनुसन्धान भइरहेको बताइएको छ । यस घटनापछि इरानमा राजनीतिक अनिश्चितता बढ्ने अनुमान गरिएको छ र नयाँ सर्वोच्च नेता चयन प्रक्रिया सुरु हुने सम्भावना रहेको बताइएको छ।
विश्लेषकहरूका अनुसार खामेनीको मृत्यु मध्यपूर्व क्षेत्रमा शक्ति सन्तुलन परिवर्तन गर्ने ठूलो घटनाका रूपमा हेरिएको छ।
खामेनीसँगै उनको छोरी, ज्वाइँ, बुहारी र नाति पनि मारिएको भनेर इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजलाई उद्धृत गर्दै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।
आइतबार बिहान मात्रै इरानी अधिकारीहरूले पनि उनको मृत्यु भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि उल्लेख गरेको छ।
सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको पनि रोटर्सले लेखेको छ । शनिबार बिहान अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला गरेको थियो। राजधानी तेहरानस्थित सर्वोच्च नेता खामेनीको घरनजिकै विस्फोटका ठूला आवाज सुनिएको र धुवाँका मुस्लो देखिएको थियो।
खामेनीको निवाससँगै अन्य भवनहरूमा पनि क्षति भएको भिडिओ र तस्बिर सार्वजनिक भएका थिए।
८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको नेतृत्वमा थिए।

प्रकाशित मिति:
आइतबार, फागुन १७, २०८२
०८:३८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्