NL न्यूज
एजेन्सी । अमेरिका र इजरायलले शनिबार बिहान तेहरानलगायत इरानका विभिन्न सहरमा आक्रमण गरेपछि त्यसको जवाफस्वरूप इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।
समाचार एजेन्सीहरूका अनुसार इरानी आक्रमणको निसानामा कतारको अल–उदेइद एयरबेस, कुवेतको अल–साल्मिया बेस, संयुक्त अरब इमिरेट्स (युएई) को अलजाफ्रा एयरबेस, बहराइनस्थित पाँचौं अमेरिकी बेस र जोर्डनको किङ हुसेन एयरबेस परेका छन्। इरानले यी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी भारी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ।
अरब सञ्चारमाध्यमहरूका अनुसार आक्रमण सुरु भएसँगै कुवेत, बहराइन र युएईका विभिन्न भागमा हवाई आक्रमणको पूर्वसूचना दिने साइरनहरू बजिरहेका छन्। यसैबीच इजरायली क्षेत्रमा पनि ठूला विस्फोटका घटनाहरू सार्वजनिक भएका छन्। प्राप्त विवरणअनुसार तेल अविव, जेरुसेलम र बेयर सेभालगायतका क्षेत्रमा शृङ्खलाबद्ध विस्फोटका आवाज सुनिएको बताइएको छ।
पछिल्लो आक्रमण र प्रत्याक्रमणसँगै मध्यपूर्वमा तनाव चुलिँदै गएको छ। क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै जाँदा व्यापक द्वन्द्वको जोखिम बढेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति:
शनिबार, फागुन १६, २०८२
१६:२६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्