NL न्यूज
तेल अविव । मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै तेल अविवस्थित नेपाली राजदूतावासले इजरायलमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
दूतावासले शनिबार जारी गरेको एडभाइजरीमा क्षेत्रीय परिस्थितिलाई सूक्ष्म रूपमा अनुगमन गरिरहेको जनाउँदै सुरक्षित रहन विशेष सावधानी अपनाउन अपिल गरेको हो।
जारी सूचनामा इजरायली सुरक्षा निकाय तथा ‘होम फ्रन्ट कमान्ड’ले जारी गरेका निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ। सकेसम्म घरभित्रै सुरक्षित रहन, अनावश्यक आवतजावत नगर्न, चनाखो रहन र आफू रहेको स्थानमा अन्य नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन सुझाव दिइएको छ। साथै सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थान वा तोकिएका बंकर नजिकै बस्न दूतावासले आग्रह गरेको छ।
दूतावासले सम्बन्धित इजरायली निकायको पूर्वस्वीकृतिबिना कुनै पनि यात्रा नगर्न निर्देशन दिएको छ। परिस्थितिबारे अद्यावधिक जानकारीका लागि स्थानीय समाचार, आधिकारिक सूचना तथा आपतकालीन अलर्टहरूको निरन्तर निगरानी गर्न पनि आग्रह गरिएको छ। शनिबार इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा इरानमाथि हमला गरेपछि त्यसको प्रभाव मध्यपूर्वका विभिन्न देशमा देखिन थालेको छ। क्षेत्रीय तनाव चुलिँदै गएसँगै सुरक्षा सतर्कता कडा पारिएको छ।

प्रकाशित मिति:
शनिबार, फागुन १६, २०८२
१६:१८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्