Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले हाल विकसित सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको यात्रा परामर्शमा दुवै देशको अवस्था सामान्य नहुँदासम्म इजरायल वा इरान भ्रमणको योजना बनाएका नेपाली नागरिकलाई आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइएको छ।

मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। साथै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

जारी परामर्शमा सम्बन्धित देशहरूले जारी गरेका सुरक्षा निर्देशन र परामर्श कडाइका साथ पालना गर्न आग्रह गरिएको छ। सकेसम्म घरभित्रै बस्न, अनावश्यक हिँडडुल नगर्न, सतर्क रहन र आवश्यक सावधानी अपनाउन मन्त्रालयले सुझाव दिएको छ। साथै आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ।

मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायको पूर्वअनुमतिबिना यात्रा नगर्न समेत स्पष्ट गरेको छ। सरकारले परिस्थिति सामान्य नहुँदासम्म संयमता अपनाउन सबै नेपाली नागरिकसँग अपिल गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार