Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

फिफा विश्वकप टिम प्रोफाइलः अभागी टिम उज्वेकिस्तानको विश्वकप डेब्यु

विश्व फुटबल जगतबाट अभागी टिम भनेर सान्त्वना पाउँदै आएको उज्वेकिस्तान सोभियत संघबाट स्वतन्त्र भएको साडे तीन दशकपछि बल्ल विश्वकपमा स्थान बनाउन सफल भयो । 

सोभियत संघमा रहँदा नै पाख्ताकोर जहाज दुर्घटनामा फुटबलको पूरा पुस्ता गुमाउँदा देखि रेफ्रीको गलत निर्णयका कारण विश्वकप खेल्न नपाएको पीडाबाट उज्वेकिस्तानको फुटबल उठेको हो । सन् २००६ मा जर्मनी विश्वकप र २०१४ मा ब्राजिल विश्वकपमा छनोट हुन नसकेको पीडाबाट उठेर उज्वेकिस्तान फुटबल विश्वकप फाइनल्सको स्टेजमा आफूलाई उभ्याउन सफल भएको हो ।

सन् २००६ को विश्वकप छनोटको चौथो चरणमा रेफ्रीको गलत निर्णयका कारण इन्टरकन्टिनेन्टल प्लेअफमा पुग्न नसकेको उज्वेकिस्तान त्यसको आठ वर्षपछि ब्राजिल विश्वकप छनोटको चौथो चरणमा जोर्डनसँग पराजित भएको थियो । 

तर, यो पटक भने उज्वेकिस्तानले यस्तो प्रदर्शन ग¥यो, जसले उसलाई सोझै विश्वकपमा स्थान दिलायो । 

उज्वेकिस्तानको खेल तालिका

समूह केमा उज्वेकिस्तानले १७ जुनमा मेक्सिको सिटी स्टेडियममा कोलम्बियाविरुद्धको खेलबाट विश्वकप क्याम्पेन सुरु गर्नेछ । त्यसपछि २३ तारिकमा अमेरिका आएर उसले टेक्ससको हुस्टन स्टेडियममा पोर्चुगलसँग प्रतिष्पर्धा गर्नेछ । २७ जुनमा एटलान्टा स्टेडियममा समूहको अन्तिम खेल खेल्नेछ । 


 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार