Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले  आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीका लागि २० खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको छ। शुक्रबार क्यानका प्रवक्ता छुम्बी लामाले तयारी क्याम्पका लागि टोली छनोट गरिएको जानकारी दिएका हुन्।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तान तोकिएका छन्। टोलीमा कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, साहब आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामी परेका छन्।

भारत र श्रीलंकामा सम्पन्न टी–२० विश्वकप खेलेर फर्किएका लोकेश बम र सन्दीप जोरा भने प्रारम्भिक सूचीमा अटाएका छैनन्। International Cricket Council (आईसीसी) को आयोजनामा हुने लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएई सहभागी रहनेछन्। प्रतियोगिता फागुन २६ देखि चैत ६ गतेसम्म नेपालमै आयोजना हुने क्यानले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार