NL न्यूज
तनहुँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दमौलीमा कालो झण्डा देखाइएको छ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग आबद्ध कार्यकर्ताले शुक्रबार मुख्य सडकमै प्रदर्शन गरेका हुन्।
पार्टीको सभालाई सम्बोधन गर्न सदरमुकाम दमौली पुगेका लामिछानेलाई लक्षित गर्दै प्रदर्शन गरिएको हो। कालो झण्डा देखाउनुको कारण खुलिसकेको छैन।
उक्त क्षेत्रका उम्मेदवार मञ्जिल रानाले कालो झण्डा देखाउने कार्यक्रम पार्टीको आधिकारिक निर्णय नभएको बताएका छन्।
प्रदर्शनका क्रममा प्रहरीले अवरोध गरेपछि केही समय धकेलाधकेल भएको थियो। प्रहरीले उज्यालो नेपाल पार्टीसँग सम्बद्ध केही कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ। यसैबीच, विरोधमा उत्रिएका महिला कार्यकर्तामाथि प्रहरीले हातपात गरेको आरोप लगाउँदै प्रदर्शनकारीहरू दमौलीको मुख्य चोकस्थित जेब्रा क्रसिङमै धर्नामा बसेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिएको बताइएको छ।

प्रकाशित मिति:
शुक्रबार, फागुन १५, २०८२
१९:३५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्