NL न्यूज
धरान — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहप्रति आक्रोश पोखेका छन् । आज सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत धरानमा आयोजना गरेको विशाल प्रचार सभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले “एआईबाट चल्ने प्रधानमन्त्री होइन, धरातलमा पसिना बगाउने सेवक चाहिएको” बताए। देश संकटमा हुँदा सामाजिक सञ्जालमा सीमित रहने नेतृत्वबाट मुलुक नबन्ने उनको भनाइ थियो।
रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने चर्चा चलाएको भन्दै उनले व्यंग्य गरे। पार्टीको सभापति नै प्रधानमन्त्री हुने प्रचलन रहेको उल्लेख गर्दै उनले कटाक्षपूर्ण टिप्पणी गरे। लामिछानेमाथि पनि विभिन्न मुद्दाको प्रसंग उठाउँदै उनी “चलाख” रहेको टिप्पणी गरे।
साम्पाङले रास्वपाको १०० दिनभित्र सहकारी पीडितको रकम फिर्ता गर्ने प्रतिबद्धतालाई ‘भ्रम’ को संज्ञा दिए। “फिर्ता गर्ने पैसा कहाँबाट आउँछ?” उनले प्रश्न गरे।
सभामा उनले सत्य बोल्न पनि डराउनुपर्ने अवस्था बनेको दाबी गरे। आफूले कसैको विरोध नभई सत्य बोलेको जिकिर गर्दै उनले जस्तोसुकै परिस्थितिमा पनि साँचो कुरा राख्नुपर्ने बताए।
जेन्जी आन्दोलन र त्यसपछिको अवस्थालाई स्मरण गर्दै उनले देशमा सरकार प्रभावकारी रूपमा नरहेको आरोप लगाए। धरानको मेयर पद छाडेर चुनावी मैदानमा आएको उल्लेख गर्दै परिस्थितिले आफूलाई सक्रिय राजनीतिमा आउन बाध्य बनाएको बताए।
यो चुनाव उम्मेदवार मात्र नभई पार्टीहरूको पनि भएको उल्लेख गर्दै उनले भीडमा अलमल नपरी काम गर्ने पार्टीलाई मत दिन आग्रह गरे। श्रम संस्कृति पार्टी देशको स्वाधीनता रक्षाका लागि अघि बढेको उनको दाबी थियो।

प्रकाशित मिति:
शुक्रबार, फागुन १५, २०८२
१९:१२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्