NL न्यूज
काठमाडौं — कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले शनिबार काठमाडौंको खुला मञ्चमा ‘उज्यालो प्रतिबद्धता सभा’ आयोजना गर्ने भएको छ।
पार्टीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्वाचनलक्षित कार्यक्रमअन्तर्गत सभा गर्न लागिएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा पार्टीका प्रचारप्रसार समितिका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार श्रीराम गुरुङले पार्टीका प्रतिबद्धता र योजना जनतासमक्ष स्पष्ट रूपमा राख्न सभा गर्न लागिएको बताए।
उनका अनुसार सभामार्फत मुलुकको विकासका लागि स्पष्ट रोडम्याप सार्वजनिक गरिनेछ। “देशलाई अब भाषण होइन, परिणाम चाहिएको छ,” गुरुङले भने। अध्यक्ष घिसिङको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा राष्ट्रिय विकासका ठोस योजनाहरू प्रस्तुत गरिने उनले जानकारी दिए।
गुरुङले संगठनात्मक रूपमा पार्टी केही कमजोर भए पनि जनसमर्थन उल्लेख्य रहेको दाबी गरे। भौतिक उपस्थितिसँगै डिजिटल माध्यममार्फत पनि सन्देश फैलाउनुपर्ने आवश्यकता देखिएकाले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ। “हामीले स्वीकृति लिएर कार्यक्रम गर्न लागेका हौँ, कसैसँग प्रतिस्पर्धा गर्नका लागि होइन,” उनले स्पष्ट पारे। पार्टीले सभामा उपस्थित भई प्रतिबद्धताहरू सुन्न र अरूलाई जानकारी गराएर सहयोग गर्न समर्थक तथा आम नागरिकसँग अपिल गरेको छ।

प्रकाशित मिति:
शुक्रबार, फागुन १५, २०८२
१८:४३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्