NL न्यूज
काठमाडौं — निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा, विशेषगरी डलरमा गरेको खर्चसमेत निर्वाचन आयोगको निगरानीमा रहेको छ। आयोगले त्यस्तो खर्च पनि तोकिएको निर्वाचन खर्च सीमाभित्रै गणना हुने स्पष्ट पारेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण भट्टराईले नेपाली रुपैयाँ होस् वा विदेशी मुद्रा, उम्मेदवारले गरेको सम्पूर्ण खर्च निर्वाचन कानुनअनुसार सीमाभित्रै समावेश हुने बताए। “डलर खर्च गर्ने उम्मेदवारको सूची आयोगसँग छ कि छैन भन्ने प्रश्न उठेको छ। आयोगले त्यसको ट्र्याकिङ गरिरहेको छ,” उनले भने, “चाहे नेपाली पैसामा खर्च गरिएको होस् वा डलरमा, त्यो निर्वाचन खर्चको सीमाभित्रै काउन्ट हुन्छ।”
प्रवक्ता भट्टराईका अनुसार डलरमा गरिएको खर्चका सन्दर्भमा वैदेशिक सटही सुविधासम्बन्धी प्रचलित कानुन पनि आकर्षित हुनेछन्। आवश्यक परे सम्बन्धित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्न सक्ने उनले संकेत गरे। निर्वाचन कानुनको दृष्टिकोणबाट हेर्दा मुद्रा जुनसुकै भए पनि खर्चको स्वरूप र परिमाण नै मुख्य आधार हुने उनले स्पष्ट पारे।
यसैबीच आयोगले निर्वाचन अवधिमा लामो दूरीका सवारी साधनहरूको आवागमनमा समस्या नआउने गरी सहजीकरण गरिएको जनाएको छ। अघिल्लो दिन छुटेका सवारी साधनहरू भोलिपल्ट गन्तव्यमा पुग्दा अप्ठ्यारो नपर्ने गरी नेपाल सरकारलाई सिफारिस र समन्वय गरिएको प्रवक्ता भट्टराईले बताए। “निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै यातायात व्यवसायीहरूले समय व्यवस्थापन गर्नुपर्छ,” उनले भने, “तोकिएको समयमा छुट्ने र पुग्ने विषयमा सजग रहन आग्रह गर्छौं।”
व्यावहारिक रूपमा देखिने समस्या समाधानका लागि सम्बन्धित सुरक्षा निकायले आवश्यक सहजीकरण गर्ने र आयोगले समेत सहजकर्ताको भूमिका निर्वाह गर्ने उनले जानकारी दिए।

प्रकाशित मिति:
शुक्रबार, फागुन १५, २०८२
१८:४०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्