Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेसको सरकार बने देउवाको सम्पत्तिबाटै छानबिन सुरु गर्ने गगन थापाको घोषणा

पोखरा — नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नेतृत्वको सरकार बने निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्तिबाटै छानबिन सुरु गरिने घोषणा गरेका छन्। शक्तिशाली आयोग गठन गरी हरेक काण्डको एक–एक गरी अनुसन्धान गरिने उनको अठोट छ।

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले आफू र देउवाबाटै छानबिन सुरु गरिने बताए। “कानुनभन्दा माथि कोही हुँदैन,” उनले भने, “आफ्नै नेता वा नातागोताबाट पनि पछि हटिँदैन।”

थापाले देशलाई कसैको प्रयोगशाला बनाउन नहुने दोहोर्‍याए। अब सिक्ने–सिकाउने समय सकिएको भन्दै सरकारमा गएकै दिनदेखि काम गर्न सक्ने तयारी टिम आवश्यक रहेको उनको भनाइ थियो। आफूले सरकार सञ्चालनबारे सात वर्षदेखि तयारी गरिरहेको दाबी गर्दै उनले योजना र प्राथमिकता स्पष्ट भइसकेको बताए।
देश एक्लैले बनाउने वा चलाउने विषय नभएको उल्लेख गर्दै सबैलाई समेटेर अघि बढ्न सक्ने क्षमता कांग्रेससँग मात्रै रहेको दाबी गरे। बहुमतका लागि मतदातासँग अपिल गर्दै उनले कांग्रेस अहिले धेरै सुध्रिएको र मत नदिनुपर्ने कारण नभएको टिप्पणी गरे।

थापाले कांग्रेस नेतृत्वको सरकारले नयाँ काण्ड हुन नदिने र कानुनी तथा संस्थागत सुधारमार्फत सुशासन सुदृढ गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार