NL न्यूज
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देशलाई नेपाली कांग्रेसका नेता विनोद चौधरीको वाइवाइ फ्याक्ट्रीजस्तो गतिशील बनाइनुपर्ने बताएका छन्।
चुनावी सभालाई सम्बोधन गर्दै उनले हेटौँडा सिमेन्ट कारखानाको उदाहरण दिँदै देशमा स्रोत र सम्भावना भए पनि सही व्यवस्थापन अभाव रहेको टिप्पणी गरे। “हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ, मेसिन छ, कारखाना छ, खानी छ,” उनले भने।
त्यसपछि उनले कांग्रेसतर्फ संकेत गर्दै थपे, ‘यो देश नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री, जस्तै देशभर जानुपर्यो । रास्वपा त्यसरी उद्योग कलकारखाना चलाउने पार्टी बन्न चाहन्छ ।’
बालेनले उत्पादित बिजुली भण्डारण गर्नुपर्नेमा जोड दिँदै मल कारखाना, डेटा सेन्टरलगायत स्थापना गरेर आन्तरिक रूपमा उपयोग गर्न सकिने बताए। सस्तोमा बिजुली बेच्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको धारणा थियो।

प्रकाशित मिति:
शुक्रबार, फागुन १५, २०८२
१६:४६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्