Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बालेनको चितवनवासीलाई प्रश्न 'छतमा निलो जस्ता राखेर कसलाई जिस्काएको ?'

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह शुक्रबार चितवन पुगेर चुनावी सभालाई सम्बोधन गरेका छन्।

आगामी २१ फागुनको निर्वाचनमा झापा–५ बाट उम्मेदवार रहेका बालेन विभिन्न जिल्लामा स्थानीय समस्या र चुनौतीबारे सम्बोधन गर्दै आएका छन्। कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा उनी अनौपचारिक शैलीमा भीडलाई आकर्षित गर्दै सम्बोधन गरेका थिए।

चितवनमा पनि उनले ठूलो भीडलाई विमानबाट देखेको दृश्यसँग जोडेर सम्बोधन सुरु गरे। उनले जहाजबाट चितवनका छतमा निलो जस्ता राखिएको देखेको बताए र प्रश्न गरे, “सबै निलो, किसलाई जिस्काउन राख्नुभएको?”

बालेनले आफ्नो पार्टी रास्वपाले जस्तै छानाले पनि मक्किनबाट छतलाई बचाउने काम गर्ने उदाहरण दिएका थिए। उनले भने, “त्यो निलो छतले छतलाई मक्किनबाट जोगाउँदो रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो।”

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार