Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

चितवनमा बालेनले 'बोल्नै दिँदैनन् यार। म अब के गरौं? गीत बजाउँ? नाचु?' भनेपछि...

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आज चितवनमा आयोजित कार्यक्रममा भाषण दिने क्रममा समर्थकको चर्को हुटिङका कारण केहीबेर रोकिए।
सभामा रास्वपा सभापति रवि लामिछानेको क्षेत्रीय उपस्थितिमा बालेनले मञ्च सेयर गरेका थिए। उनले सामान्य कुरा बोलेको बेला पनि समर्थकले ठूलो स्वरमा हुटिङ सुरु गरेका थिए।

हुटिङ बढ्दै गएपछि बालेन मुस्कुराउँदै भिडलाई भने, “आइ लभ यू छ क्या।” तर हुटिङ झन् बढेपछि उनले टाउको कन्याउँदै थप भने, “बोल्नै दिँदैनन् यार। म अब के गरौं? गीत बजाउँ? नाचु?”

केहीबेरपछि हुटिङ अलिक कम भएपछि बालेनले आफ्नो भाषण पुनः जारी राखे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार