NL न्यूज
काठमाडौं — नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले निर्वाचनको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त सामग्रीलाई ‘गम्भीर चालबाजी’ भन्दै जनमत प्रभावित पार्ने उद्देश्यले योजनाबद्ध रूपमा ल्याइएको आरोप लगाए।
गत कात्तिक २७ गते अवकाशमा गएपछि गृहजिल्ला तेह्रथुममा कृषिकर्ममा संलग्न रहेका खापुङले भदौ २३ गतेको जेन–जी प्रदर्शन र त्यसको भोलिपल्ट भएको देशव्यापी घटनाक्रमलाई एकपक्षीय रूपमा प्रस्तुत गरिएको बताएका हुन्। उनका अनुसार डकुमेन्ट्रीमा भदौ २२ अघिका योजनाकार र भदौ २४ को पूर्ण परिप्रेक्ष्यलाई बेवास्ता गरिएको छ।
निर्वाचन आउन एक साता बाँकी रहँदा उक्त सामग्री सार्वजनिक गरिएकोप्रति प्रश्न उठाउँदै उनले यसलाई ‘प्रायोजित’ प्रयासको संज्ञा दिए। “दिउँसोको निश्चित समय र स्थानका केही फोटो–भिडियो जोडजाड गरेर चुनावको मुखमा ल्याइएको छ,” उनले भने, “यसको उद्देश्य मतदातालाई प्रभावित पार्नु हो।”
खापुङले सुरक्षा व्यवस्थापनबारे पनि स्पष्टीकरण दिएका छन्। उनका अनुसार जिल्ला तहबाट कर्फ्यु घोषणा भइसकेपछि माथिल्लो सुरक्षा नेतृत्वले गोली चलाउन छुट्टै आदेश दिनुपर्ने अवस्था नहुने र परिस्थिति अनुसार निर्णय गर्ने अधिकार जिल्ला सुरक्षा समितिलाई रहने कानुनी व्यवस्था छ। सोही सिद्धान्तअनुसार त्यस दिन कानून कार्यान्वयन भएको उनले बताए।
उक्त डकुमेन्ट्री सार्वजनिक भएपछि निर्वाचन आयोगले पनि त्यसबारे चासो देखाउँदै प्रेस काउन्सिललाई सामग्री हटाउन निर्देशन दिएको छ । खापुङले नेपालस्थित केही समूहले नसकेपछि विदेशी सञ्चारमाध्यमले हस्तक्षेप गरेको आरोपसमेत लगाए। “डकुमेन्ट्रीका नाममा नेपालको आन्तरिक मामिलामा हात हाल्ने प्रयास भएको छ,” उनले भने, “कन्टेन्टमा ठोस आधार केही छैन।”
नेपाल प्रहरीको इतिहासमा करिब दुई महिना मात्र आईजीपीको जिम्मेवारी सम्हालेका खापुङले निर्वाचनको संघारमा गरिने प्रचारबाजीको कुनै अर्थ नरहने दाबी गरेका छन्। उनले यस्ता गतिविधिले निर्वाचन प्रक्रियालाई प्रभाव पार्न नसक्ने पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति:
शुक्रबार, फागुन १५, २०८२
१४:३०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्