Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचन निष्पक्ष नभए परिणाम मान्य हुँदैन : केपी ओली

विराटनगर — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठाउँदै सरकारलाई धाँधलीरहित वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्। झापाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा उनले राज्य संयन्त्र पूर्ण रूपमा तटस्थ रहनुपर्ने बताएका हुन्।

ओलीले कुनै पनि प्रकारको धाँधली एमालेलाई स्वीकार्य नहुने स्पष्ट पार्दै निष्पक्ष नभएको अवस्थामा नतिजा मान्य नहुने चेतावनी दिए। “निर्वाचन निष्पक्ष नभए र राज्य संयन्त्रको दुरुपयोग गरी परिणाम प्रभावित पार्न खोजिए लोकतान्त्रिक शक्तिहरूले त्यसलाई मान्यता दिँदैन,” उनले भने।

उनका अनुसार चुनाव स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुनुपर्छ। राज्य संयन्त्रले तटस्थ भूमिका निर्वाह गर्नुपर्ने र निर्वाचनलाई मर्यादित ढंगले सम्पन्न गराउनुपर्ने उनले बताए। ओलीले केही पक्ष अझै पनि निर्वाचन अवरुद्ध गर्ने खेलमा रहेको आरोप लगाए। संवैधानिक र लोकतान्त्रिक बाटोबाटै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिँदै उनले एमाले चुनावी प्रक्रियामा पूर्ण रूपमा सहभागी हुने प्रतिबद्धता दोहोर्‍याए।

देश संकटतर्फ धकेलिएको दाबी गर्दै उनले आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने र देखिएका समस्याको समाधान गर्ने दाबी गरे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार