Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचन लक्षित गर्दै काठमाडौंमा राति ९ बजेपछि व्यवसाय बन्द गर्न निर्देशन

काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनमा समय सीमा तोकेको छ। प्रशासनले फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेपछि सबै व्यवसाय बन्द गर्न निर्देशन दिएको हो।

कार्यालयद्वारा जारी सूचनाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निर्णय गरिएको जनाइएको छ। काठमाडौं जिल्लाभित्र सञ्चालन हुने होटल, रेस्टुरेन्टलगायत सम्पूर्ण रात्रिकालीन व्यवसाय अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै उक्त व्यवस्था लागू गरिएको उल्लेख छ।

प्रशासनले फागुन १८ गतेदेखि अनिवार्य रूपमा समय सीमा पालना गर्न सरोकारवालालाई अनुरोध गरेको छ। नियम उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने जनाइएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार