NL न्यूज
काठमाडौं — जेन–जी अभियन्ता तनुजा पाण्डेले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे गम्भीर प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेकी छन्। शान्तिपूर्ण प्रतिबद्धतासहित सुरु भएको आन्दोलन कसरी उग्र मोडमा पुग्यो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ छ। पाण्डेले भदौ २३ गते बिहान करिब ९:३० बजे माइतीघर क्षेत्रमा झडप हुनु र उग्र नारा लाग्नुलाई शंकास्पद भन्दै आन्दोलनको दिशा कसले परिवर्तन गरायो भन्ने प्रश्न उठाएकी छन्। “शान्तिपूर्ण आन्दोलनलाई कसले उकास्यो?” भन्ने प्रश्नको उत्तर जनताले पाउनुपर्ने उनको धारणा छ।
उनका अनुसार भदौ २३ गते बिहान करिब ११ बजे जेन–जी समूहले सामाजिक सञ्जालमार्फत ‘आन्दोलनमा घुसपैठ भएको छ, अवस्था सुरक्षित छैन, घर फर्किनुहोस्’ भन्ने सूचना जारी गरिसकेको थियो। यस्तो चेतावनीपछि पनि अग्रपंक्तिका नेतृत्वकर्ताले कार्यक्रम अघि बढाउनु कसको निर्णय थियो भन्नेबारे उनले स्पष्टता मागेकी छन्।
ब्यारिकेड, गोली प्रहार र आगजनीबारे प्रश्न
पाण्डेले प्रहरीको ब्यारिकेड तोड्ने र संसद् भवन अगाडि पुग्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा पनि छानबिन आवश्यक रहेको बताएकी छन्। यदि उद्देश्य शान्तिपूर्ण प्रदर्शन थियो भने त्यसको स्वरूप किन बदलियो भन्ने प्रश्न उनले उठाइन्। स्कुल पोशाकमै रहेका नाबालकमाथि गोली चलाउने आदेश कसले दियो भन्ने विषय सार्वजनिक हुनुपर्ने उनको माग छ। ‘विद्यार्थीलाई प्रहरीले केही गर्दैन’ भन्ने भ्रम कसरी फैलियो भन्ने विषयमा पनि अनुसन्धान हुनुपर्ने उनले बताइन्।
सिंहदरबारमा आगजनी र देशका विभिन्न स्थानमा एउटै शैलीमा आगो लगाइएको घटनाबारे समेत उनले छानबिनको माग गरेकी छन्। घरभित्र मानिस रहेको अवस्थामा आगो लगाउनु जघन्य अपराध भएको उल्लेख गर्दै दोषी पहिचान हुनुपर्ने उनको जोड छ।
भाटभटेनी आगजनी र बन्दी मृत्युबारे आलोचना
भदौ २४ मा भाटभटेनी सुपरमार्केटमा भएको आगजनीमा सात जनाको मृत्यु भएको उल्लेख गर्दै पाण्डेले मृतकको पहिचान र मृत्युको कारणबारे राज्य मौन रहेको आरोप लगाइन्। आक्रोशित भीड निजी व्यापारिक प्रतिष्ठानतर्फ किन मोडियो भन्ने विषय अनुसन्धानको दायरामा आउनुपर्ने उनले बताइन्।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले सुरक्षित रूपमा कारागारबाट निकालेको तर सोही दिन १० जना बन्दी मारिएको घटनालाई उनले दोहोरो मापदण्डको संज्ञा दिएकी छन्। कानुन सबैका लागि समान हुनुपर्ने भन्दै उनले नेपाल प्रहरीसँग जवाफ मागेकी छन्।
आयोग प्रतिवेदन सार्वजनिक गर्न माग
पाण्डेले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु आगामी चुनाव प्रभावित पार्ने प्रयास हुन सक्ने आशंका व्यक्त गरिन्। गोली चलाउने र आगजनी गराउने दुवै पक्षको सत्य बाहिर आएपछि मात्रै जनताले सचेत निर्णय लिन सक्ने उनको भनाइ छ।
“भदौ २३ अघि कि २४ भन्ने बहसमा सीमित नहौँ, दुवै दिन नेपालीले ज्यान गुमाएका छन्,” उनले भनिन्, “सत्य र जिम्मेवारीबिना लोकतन्त्र सम्भव हुँदैन।”

प्रकाशित मिति:
शुक्रबार, फागुन १५, २०८२
१२:४७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्