NL न्यूज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार काठमाडौं उपत्यकाका तीनै जिल्ला समेट्ने गरी ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना गर्ने भएको छ। ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने नारासहित सञ्चालन हुन लागेको कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्ने उद्देश्य रहेको पार्टीले जनाएको छ। आयोजकका अनुसार कार्यक्रमको भेला स्थल पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशाला पार्किङ तोकिएको छ। बिहान ६:३० बजे पशुपतिनाथबाट सुरु हुने अभियान बेलुकी ६:३० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ।
तय गरिएको रुट
सार्वजनिक रुट म्यापअनुसार यात्रा पशुपतिनाथबाट सुरु भई चाबहिल, जोरपाटी, साँखु, मुलपानी र पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायक पुग्नेछ। त्यसपछि जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल हुँदै ललितपुरको पुलचोकमा पुग्ने कार्यक्रम छ। पुलचोकमा दिउँसो १:०० बजे छोटो भोजन विश्रामको समय राखिएको छ।
दोस्रो चरणमा कालिमाटी (दिउँसो २:००) बाट यात्रा पुनः सुरु भई टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी र गोङ्गबु हुँदै वनस्थली चोकस्थित ‘घण्टी घर’मा पुगेर कार्यक्रम समापन हुनेछ।
ट्राफिक नियम पालना गर्न अपिल
रास्वपाले शुभचिन्तक तथा सर्वसाधारणलाई आफूलाई पायक पर्ने स्थानमा मात्र उपस्थित भई अभिवादन साटासाट गर्न अनुरोध गरेको छ। कार्यक्रम अवधिभर ट्राफिक नियमको पूर्ण पालना गर्न र गराउन पार्टीले अपिल गरेको छ। प्राविधिक कारणवश समय र स्थानमा सामान्य हेरफेर हुन सक्ने सम्भावना पनि पार्टीले जनाएको छ।

प्रकाशित मिति:
शुक्रबार, फागुन १५, २०८२
१२:०७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्