Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकप सुपर–८: दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

आईसीसी टी २० विश्वकप अन्तर्गत सुपर–८ चरणको खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा उसले वेस्टइन्डिजलाई ९ विकेटले पराजित गरेको हो। वेस्टइन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

दक्षिण अफ्रिकाका कप्तान एडिन मक्रमले ४६ बलमा ७ चौका र ४ छक्का सहित नटआउट ८२ रन बनाए। अर्का ओपनर रयान रिकेल्टन २८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४५ रनमा अविजित रहे। यसअघि क्वान्टन डी ककले २४ बलमा ४–४ चौका र छक्का प्रहार गर्दै ४७ रन जोडेका थिए।

पहिले ब्याटिङ गरेको वेस्टइन्डिज सुरुआतमै दबाबमा परेको थियो। १०.२ ओभरमा ७ विकेट गुमाएर ८३ रनको स्थितिमा पुगेको टोलीका लागि जेसन होल्डर र रोमारियो शेफर्डले आठौं विकेटका लागि ८९ रनको साझेदारी गर्दै स्कोर उकासे। होल्डरले ३१ बलमा ४९ रन बनाए भने शेफर्ड ३७ बलमा ५२ रनमा अविजित रहे।

बलिङतर्फ दक्षिण अफ्रिकाका लुङगी एनगिडीले ३ विकेट लिए। कागिसो रबडा र कोर्विन बोचले समान २–२ विकेट लिए। यस जितसँगै दक्षिण अफ्रिका सेमिफाइनल नजिक पुगेको छ। सुपर–८ मा यसअघि उसले भारतलाई ७६ रनले हराएको थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार