Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

जेन–जी आन्दोलनसम्बन्धी बीबीसी डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पहल

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्री हटाउन आग्रह गर्दै निर्वाचन आयोग ले प्रेस काउन्सिल नेपाल लाई पत्र पठाएको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार काउन्सिललाई पत्र पठाइएको पुष्टि गरेका छन्। उनका अनुसार बीबीसीको उक्त रिपोर्ट हटाउन औपचारिक रूपमा आग्रह गरिएको हो।

बीबीसी वर्ल्ड सर्भिस र यसको नेपाली सेवाले अंग्रेजी र नेपाली भाषामा भिडियो रिपोर्ट सार्वजनिक गरेका थिए। रिपोर्टमा भदौ २३ र २४ गतेको आन्दोलनका दृश्य र घटनाक्रम समेटिएका छन्। साथै आन्दोलनका क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको उल्लेख गरिएको छ।

यस विषयमा आयोग वा काउन्सिलबाट थप औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार