NL न्यूज
काठमाडौं । बेलायती सञ्चारमाध्यम बीबीसी वल्र्ड सर्भिसले नेपालमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई लिएर सार्वजनिक गरेको डकुमेन्ट्रीले देशभरी चर्चा सिर्जना गरेको छ। ४१ मिनेटको उक्त डकुमेन्ट्रीमा आन्दोलनका दुर्लभ फुटेजहरू र केही नयाँ जानकारीहरू समावेश छन्।
भदौ २३ गतेको आन्दोलनमा १९ जना युवाहरू गोली लागेर निधन भएका थिए। डकुमेन्ट्री अनुसार प्रदर्शनकारीहरूले संसद भवनमा आक्रमण प्रयास गरेका र प्रहरीमाथि ढुंगामुढा गरेका थिए। गोली लागेर मारिएका मध्ये १७ वर्षका श्रीयम चौलागाईंमाथि विशेष फोकस गरिएको छ। श्रीयम त्यसदिन अग्रपंक्तिमा थिएनन्; मुठभेडमा परेका बेला गोली लागेर उनी ढलेका थिए।
डकुमेन्ट्रीमा देखाइए अनुसार प्रदर्शनकारीहरूले संसद भवनको पर्खाल भत्काउने प्रयास गरे र गेटमा आगो लगाउने प्रयास गरेपछि प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। अग्रपंक्तिमा नरहेका केही युवाहरू पनि गोली लागेर घाइते भएका थिए।
बीबीसीले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई गोली चलाउनेको मुख्य जिम्मेवार देखाउने प्रयास गरेको छ। रिपोर्टमा ‘पिटर १’ कलसाइनमार्फत आदेश आएको उल्लेख छ, जुन तत्कालीन आइजीपीको कलसाइन भएको भनिएको छ। बीबीसी अनुसार खापुङले फिल्डमा रहेका प्रहरीलाई भनेका थिए, “कर्फ्यू लागू भइसकेको छ, अनुमति लिन आवश्यक छैन, आवश्यक बल प्रयोग गर्नु।”
तर, नेपाल प्रहरीले बीबीसीको रिपोर्टसँग असहमति जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी अविनारायण काफ्लेका अनुसार उक्त कलसाइन संवाद आधिकारिक नभएको हो। उनले भने, “डकुमेन्ट्रीमा ती संवाद विभिन्न फुटेजको आधारमा संकलन गरिएको छ, त्यसैले यसको आधिकारिकता छैन। हाम्रो संगठनले घटना सम्बन्धी सबै तथ्य सार्वजनिक गरिसकेको छ, थप जानकारी आवश्यक परे हामी वास्तविक तथ्य उपलब्ध गराउन तयार छौं।”
डकुमेन्ट्रीमा जेन–जी अभियन्ता रक्षा बमलाई आन्दोलनको कमाण्ड गर्ने जस्तो प्रस्तुत गरिएको छ, तर उनले हिंसात्मक गतिविधि नगर्ने भाषण दिएका र जलिरहेको सिंहदरबार अगाडि सेलिब्रेसन गर्ने दृश्य समावेश नभएको काफ्लेले बताए।
नेपाल प्रहरीले स्पष्ट पारेको छ कि बीबीसीको रिपोर्टलाई आधिकारिक स्रोतको रूपमा लिनु हुँदैन र कलसाइन संवाद काल्पनिक आधारमा तयार गरिएको हो।

प्रकाशित मिति:
बिहीबार, फागुन १४, २०८२
१८:२७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्